बल्खुको तरकारी बजारनजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ६ जनामध्ये २ जनालाई छाडेको छ ।
मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये २ जनाको कुनै संलग्नता नदेखिएको भन्दै सामान्य सोधपुछ गरेर छाडिएको छ ।
बाँकी ४ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए ।
अनुसन्धान अधिकृतका अनुसार एक जनाले विवाद भएपछि कुटपिट गर्दा हत्या भएको समेत दाबी गरेका छन् । यद्यपि हत्याको यकिन भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।